मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद्को निर्णय लिक नगर्न ओलीको कडा निर्देशन
सोमबार, २८ साउन २०८१, २२ : ४७

काठमाडौँ। । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।
उनले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेको भन्दै अन्य मन्त्रीलाई जथाभाबी मिडियालाई निर्णय नटिपाउन कडा निर्देशन दिएका हुन्। निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
‘क्याबिनेटको निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको छ। अब निर्णय प्रवक्ताबाटै आउँछ। निर्णयबारे सूचनाका लागि फोन नगर्दा हुन्छ’ उनले भने । उसो त मन्त्रिपरिषद्को पहिलो बैठकमै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमअनुसार मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या