हिरासतमा गीता पाठ गरेर बस्छन् बेचन झा
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका बेचन झा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनी असार १४ गते पक्राउ परेका थिए ।
झा अहिले हिरासतमा धार्मिक ग्रन्थ श्रीमद भगवत् गीता पाठ गरेर बस्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । धार्मिक स्वभावका उनलाई अरू थुनुवासँगै राखिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘उहाँ गीता पढेर बस्नुहुन्छ ।’
‘मन्त्रिपरिषद्बाट निर्णय गराउँछु’ भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, बेचनले सो आरोप अस्वीकार गरेका छन् । चेकबारे बयानमा बेचनले भनेका छन्, ‘चेकमा कसैले मेरो नाम भरिदियो होला ।’
बेचनको बयानबाट शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहको ‘कनेक्सन’ खुल्छ भन्ने आकलन थियो । तर, उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेसँगै राजनीतिक कनेक्सन खुलेन । बयान लिएर प्रहरीले उनलाई थुनामा राखिरहेको छ । सङ्गठित अपराध मुद्दामा उनलाई ६० दिनसम्म हिरासतमा राख्न पाउने अधिकार प्रहरीसँग छ ।
शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेर धरौटीमा छुटेका रामशरणले केसीले उनलाई चेक दिएको बयानमा खुलाएका छन् । चेक दिनेबलामा भेट्दा रामशरण र झाको बिचमा भएको कुराकानीको अडियो प्रहरीले बरामद गरेको छ । तर, बेचनले रामशरणसँग भेटेको कुरा पनि अस्वीकार गरेका छन् ।
अनुसन्धानमा संलग्न ती अधिकृतका अनुसार बेचनले बयानमा भनेका छन्, ‘मैले रामशरणलाई भेटेको छैन, अडियोमा बोल्ने मानिस म होइन, मेरो आवाज नै होइन ।’ केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् । तर, प्रहरीले चेक बरामद गर्न सकेको छैन ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झाले पर्साबाट नागरिकता लिएका छन् । तर, झाको साथमा भारतीय आधार कार्ड समेत भेटिएको छ । यसबारे सत्यतथ्य बुझ्न प्रहरीले भारतमा पत्राचार समेत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण