मन्त्रीहरूलाई गगनको सुझाव : एक महिना नबोल्ने व्रत बस्नुहोस्
मङ्गलबार, २९ साउन २०८१, १४ : ४४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका मन्त्रीहरूलाई अबको एक महिना नबोली काममा लाग्न सुझाव दिएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थापाले मन्त्रीहरूले उद्घाटन र भाषण छाडेर जनताका काममा लाग्न अनुरोध गरे । उनले त्यसका लागि कुनै छुट्टै कानुन नचाहिने र संविधान संशोधन पनि गर्न नपर्ने भन्दै मात्र मन्त्रीहरूले इच्छाशक्ति राख्नुपर्ने बताए ।
‘अव साउन सकिनै लाग्यो । साउन राम्रो महिना सकियो । तीर्थ व्रत पनि सकिन लाग्यो । भदौ एक महिना हाम्रा माननीय मन्त्री व्रत लिइदिनुस्’, थापाले भने, ‘के व्रत भन्दा नबोल्ने व्रत । उद्घाटन नगर्ने व्रत ।’ उनले अहिले आफूहरू बोल्ने ठाउँमा रहेको र मन्त्रीहरू काम गर्ने ठाउँमा रहेको भन्दै भदौभरि आफूहरू बोल्ने र कामको प्रचार गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण