मन्त्रिपरिषद् बैठक : झन्डै १६ अर्ब ऋण र अनुदान स्विकार्ने, दुई कम्पनीको महाप्रबन्धक नियुक्त
काठमाडौँ । सरकारले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को साउन २८ गते बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
त्यस्तै बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
त्यसै गरी खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले भुटानमा साउन २९ देखि ३२ सम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेन्ट बडिज अफ साउथ एसियाको १२ सम्मेलनमा भाग लिन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ ।
भू उपयोग ऐन २०७६ को दफा १४ को उपदफा १ को ञ बमोजिम संघीय भूपू योगको सदस्यमा डा रेवतीरमण पौडेल (चितवन), डा. यमुना घले (चितवन),रेश्मा श्रेष्ठ (काठमाडौँ)र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी सरकारका नाममा दर्ता रहेको सिराहाको नवराजपुर वडानम्बर ४ को १९ कट्ठा जग्गा इलाका प्रहरी कार्यालयलाई प्रयोग गर्न स्वीकृत गर्ने, नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका तथा पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनसम्बन्धी कार्यायोजना सरकारले स्वीकृत गरेको छ ।
त्यसै गरी निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा पनि सरकारले स्वीकृत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण