‘घर नम्बर २’ माघ ११ मा रिलिज हुने
काठमाडौँ । साउनको २५ गतेबाट छायांकनमा रहेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ आगामी माघको ११ गतेबाट रिलिज सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठसँगको छलफलबाट फिल्मको रिलिज मिति तय गरेका हुन् ।
फिल्मका लागि माघको ११ गते राम्रो देखेर प्रदर्शनका लागि लक गरिएको वितरक करण श्रेष्ठले बताए । फिल्मको छायांकन एक महिनामा सक्ने योजना निर्माण पक्षको छ । फिल्मको अहिले काठमाडौँ आसपासका स्थानमा छायांकन भइरहेको छ ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्मको कथा बुद्धि सागरले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
सामाजिक विषयवस्तुमा बन्न लागेको फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ ।
फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको सह–निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन् । ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ । फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण