फूलपातीमा थपियो ‘१२ गाउँ’
काठमाडौँ । यस वर्षको दसैँको फूलपाती अर्थात् असोज २४ गते नेपाली फिल्म क्षेत्रका लागि विशेष हुने देखिएको छ । यो मितिमा बक्सअफिसमा तीन फिल्म एकसाथ रिलिज हुने पक्का भएको हो ।
फिल्म ‘१२ गाउँ’ले यो मितिमा आफू आउने घोषणा गरेसँगै यो मितिमा तीन फिल्म भिड्ने पक्का भएको छ ।
यसअघि यो मितिमा ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ले प्रदर्शन मितिका रूपमा घोषणा गरिसकेका छन् । ‘१२ गाउँ’ अभिनेता बिराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सन प्रधान फिल्म हो । फिल्मबाट बिराजको छोरा समीर भट्टले अभिनयमा डेब्यु गरेका छन् ।
निर्देशक बिराजको पनि मुख्य भूमिका रहेको फिल्ममा समिरको अलवा पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि अभिनय छ ।
अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्मको कथा बिराजले नै तयार गरेका हुन् । सन्तोष सरकारको पटकथा तथा संवाद रहेको फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् । महेश पौडेलले यो फिल्मलाई खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण