नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको छ : अध्यक्ष राउत
वीरगन्ज । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको बताएका छन् । जनमत पार्टी पर्साले बुधबार वीरगन्जमा गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यो षडयन्त्रविरुद्ध सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन् ।
अध्यक्ष राउतले नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय व्यवस्था ल्याउन लागेको आरोप लगाए । जसको गन्ध बुधबारको संसद् बैठकबाट प्रष्ट भएको उनले बताए । उनले दुई दलले गरिरहेको षड्यन्त्रको विरोधमा आन्दोलनमा उत्रिन तयार रहनुपर्ने आवश्यक रहेको बताए । उनले दुई दलले गरिरहेको षड्यन्त्रको आशय साना दलहरुलाई समाप्त गर्नु रहेको बताए ।
उन भने, ‘दुई दलीय व्यवस्था ल्याउन दुई ठुला दल एकमत देखिएका हुन्, मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा कहीँ पनि अभ्यासमा छैन । ठुला दलहरूमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी छ । तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ ।’ सरकार र सदनबाट विश्वास नरहेको बताउँदै उनले अन्तिम बाटो भनेको सडक आन्दोलन रहेको बताए ।
अध्यक्ष राउतले संघीयतालाई बलियो बनाउन संघीय सरकारले प्रदेशहरूलाई अझै बढी अधिकार दिनुपर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ रम्भा मिश्रासहित एमाले, माओवादी, जसपा, लोसपा पार्टी परित्याग जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण