संविधान अनुरूपको अधिकार प्रत्यायोजन हुन सकेन : मन्त्री लामिछाने
हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संविधानमा व्यवस्था अनुरूपको अधिकार प्रत्यायोजन र कार्यान्वयन हुन नसकेको बताएका छन् । उनले संविधानका व्यवस्थाहरू कार्यान्वयनका लागि कानुनी रुपरेखा निर्धारण जरुरी रहेको आँैल्याए ।
बुधबार बागमती प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले संविधान कार्यान्वयन र अधिकार प्रत्यायोजनमा राजनीतिक नेतृत्व, नीति निर्माण तहमा रहने सांसदहरू बढी जिम्मेवार हुनुपर्ने बताए । संघीयताको सफल कार्यान्वयन गर्न पनि प्रदेश प्रहरी सम्बन्धमा सबै गम्भीर हुन जरुरी रहेको उनको भनाई छ ।
‘प्रहरी संगठन प्रभावकारी हुन कानुन, नीति, कार्यभार, रणनीति, योजना स्पष्ट रुपमा परिभाषित हुनुपर्दछ । संघीय प्रहरी ऐन नआई सकेको अवस्थामा प्रदेश प्रहरी सम्बन्धमा केही दुबिधा जस्तो भएको छ,’ उनले भने, ‘शान्ति सुरक्षामा प्रतिबद्ध प्रहरी संगठन भित्र केही समस्याहरू रहेको छ । प्रहरी संगठनमा ज्ञान र सीप विकासका सीमितता रहेको गुनासो छ ।’
उनका अनुसार जीर्ण संरचना, आधारभूत आवश्यकताका संरचनाहरू अभाव, साँघुरो ब्यारेक, संरचनाको सिमितितामा रहेर सेवा प्रदान गर्नुपर्ने जटिलतालेसमस्याले प्रहरी संगठनलाई गाँजेको छ । समयानुकूल बढुवा नहुने तथा सुनिश्चितता नहुँदा प्रहरी कर्मचारीमा नैराश्यता समेत पैदा गराएको उनको भनाई छ । तल्लो तहमा कार्यरत प्रहरी कर्मचारीहरूले जागिर छोड्ने र सेवा प्रवेशमा देखिएको कमीले चिन्तित बनाएको उनले बताए । वर्तमान अवस्थामा प्रविधिको प्रयोग गरी हुने अपराधहरूले सबैभन्दा ठुलो चुनौती देखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण