अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
प्योङयाङ । उत्तर कोरियाले विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा पुनः खुला गर्ने भएको छ । कोभिड–१९ को महामारीलगत्तै देखि ५ वर्षयता ठप्प रहेको सीमा यो वर्षको अन्त्यदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गर्न लागिएको भन्दै सीएनएनले समाचार छापेको छ । उत्तर कोरियासँग सम्पर्कमा रहेका दुई चिनियाँ टूर कम्पनीले यसबारे जानकारी दिएको भन्दै आफ्नो समाचारमा सीएनएनले भनेका छ ।
बेइजिङस्थित कोर्यो टूर्स र शेन्याङस्थित केटीजी टुर्सले बुधबार छुट्टाछुट्टै अनलाइन घोषणामा यसबारे बताएका हुन् । समूहमा घुम्न जाने पयर्टकहरूलाई उत्तर कोरियाली नेता किम जोङ द्वितीयको जन्मस्थल साम्जियोनका पहाडहरूमा जाने अनुमति दिइने बताइएको छ । आफ्नो स्थानीय साझेदारले साम्जियोनमा विदेशी पयर्टकलाई आउने अनुमति दिन लागिएको खबरको पुष्टि पाएको र देशको बाँकी हिस्सामा पनि सन् २०२४ को डिसेम्बरदेखि विदेशी पयर्टकलाई अनुमति दिन सकिने कोर्यो टूर्सले भनेको छ ।
घुमफिरको समयतालिका र थप जानकारीहरू भने आउँदा दिन वा हप्तामा तय गरिने बताइएको छ । फेसबुकमा छुट्टै पोष्टमा केटीजी टूर्सले पनि कोरियाले यसको ठ्याक्कै मिति पुष्टि गरेको बताएको छ । ‘अहिलेसम्म साम्जियोनको नाम मात्रै उल्लेख गरिएको छ । तर प्योङयाङ र अन्य ठाउँ पनि छिटै खुला गरिने हामीलाई लागेको छ ।’ पोष्टमा भनिएको छ । साम्जियोन चीनको सीमा नजिकै पर्छ । यहाँबाट यो कोरियाली प्रायद्विपको सबैभन्दा अग्लो शिखर पाएक्तु हिमाल नजिकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण