महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौँ । राष्ट्रिय सभामा महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेस गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ सभासमक्ष पेस गरेका हुन् । सभाको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेस गरे ।
बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गरे ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण