‘कार्साङ’मा यस्तो भूमिकामा देखिँदै दयाहाङ र सृजना
काठमाडौँ । अभिनेता दयाहाङ राई यतिबेला फिल्म ‘कार्साङ’को छायांकनमा व्यस्त छन् । फिल्मको छायांकन भइरहँदा निर्माण टिमले फिल्मको सेटबाटै एउटा तस्बिर सार्वजनिक गरेको छ । जसमा अभिनेता दयाहाङको क्यारेक्टर लुक्स बाहिर आएको छ ।
तस्बिरमा उनी सोचनीय भावमा देखिएका छन् । सर्टमाथि उनको हाफ स्वीटर लगाएका उनको शिरमा टोपी देखिन्छ भने नजिकैमा ढ्याङ्ग्रो छ । उनको साथमा अभिनेत्री सृजना निङ्लेखु पनि देखिएकी छन् । दयाहाङको छेवैमा देखिएको ढ्याङ्ग्रोले उनको भूमिका झाँक्रीको हुनसक्ने बुझ्न सकिन्छ । फिल्ममा उनले शेर्पा समुदायको पात्रमा अभिनय गरेका छन् ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्मको दुई सातादेखि सिन्धुपाल्चोक आसपासको क्षेत्रमा छायांकन भइरहेको छ । दुई दिनभित्रमा सम्पूर्ण छायांकन सकिने बताइएको फिल्म दुईवटा क्यामेरा प्रयोग गरेर छायांकन भइरहेको छ ।
फिल्ममा दयाहाङ र सृजनाको अलवा जीतु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, छुकी शेर्पा, राशि लिम्बू, सोहन थापा, कर्मा शेर्पा, एसएली लिम्बू, छोकी शेर्पा, सृष्टि ढुंगानालगायतको अभिनय रहनेछ ।
पुरुषोत्तम प्रधान निर्माता रहेको फिल्मलाई उनले नै छायांकन गरिरहेका हुन् । फिल्ममा गोविन्द बोहरा सह–निर्मातामा छन् भने कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण