५१ डलर दान गर्दा १२ वर्ष जेल सजाय !
मस्को । रुसको एक अदालतले युक्रेनलाई समर्थन गर्ने संस्थालाई ५१ अमेरिकी डलर (आजको मूल्यअनुसार ६ हजार ८४९ रुपैयाँ) दान गरेको आरोपमा एक महिलालाई १२ वर्ष जेल सजाय सुनाएको छ । ‘देशद्रोह’ गरेको ठहर गर्दै ३३ वर्षीया क्सेनिया क्यारेलिनालाई उक्त जेल सजाय सुनाइएको हो ।
अमेरिकी र रुसी नागरिकता बोक्ने क्यारेलिनाले गत हप्ता बन्द इजलासमा गरिएको सुनुवाइमा आफ्नो गल्ती स्वीकार गरेकी थिइन् । अमेरिकाको लस एन्जलिसमा बस्दै आएकी उनले सन् २०२१ मा त्यहाँको नागरिकता लिएकी थिइन् ।
गत जनवरीमा परिवारलाई भेट्न रुस आएको बेला उनलाई पक्राउ गरिएको थियो । उनलाई राजधानी मस्कोबाट १ हजार ६०० किलोमिटर पूर्वमा रहेको येकाटेरिनबर्गबाट नियन्त्रणमा लिइएको थियो ।
अभियोजकहरुले उनलाई १५ वर्ष जेल सजाय हुनुपर्ने माग गरे पनि येकाटेरिनबर्ग अदालतले उनलाई १२ वर्षको सजाय सुनाएको थियो । उनीमाथि युक्रेनको सेनालाई हतियार उपलब्ध गर्ने युक्रेनी संस्थाका लागि रकम उठाउन मद्दत गरेको आरोप लगाइएको थियो ।
यता, रुसी मानवअधिकारीवादीहरुले क्यारेलिनाले अमेरिकामा रहँदा २२ फेब्रुअरी, २०२२ मा एकपटक मात्र ५१.८० अमेरिकी डलर ट्रान्सफर गरेको दाबी गरेका छन् । यो रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेको पहिलो दिन थियो । रुसी अधिकारीहरूले उनको फोनबाट यो तथ्य पत्ता लगाएको हुनसक्ने आङ्कलन गरिएको छ ।
क्यारेलिनाका वकिलले भने उनले दुवै पक्षका पीडितहरूलाई सहयोग पुग्छ भन्ने आशामा दान गरेको बताएका छन् । क्यारेलिनाले यस सजायविरुद्ध पुनरावेदन गर्ने पनि उनले बताए ।
क्यारेलिनाले सहयोग गरेको ‘राजोम फर युक्रेन’ नामक संस्थाले यसअघि उनी पक्राउ परेको घटनाले आफूहरू स्तब्ध भएको बताएको थियो । आफूहरुले हतियार खरिदका लागि रकम जम्मा नगरेको र यो मानवीय सहायताका लागि भएको संस्थाले दाबी गरेको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण