मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ सुरु गरौँ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँवासीका लागि मेलम्चीको पानीको भरपर्दो नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘काठमाडौँ शहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मेलम्ची खानेपानीको मुहान भत्किएर फेरि पानी नआउने अवस्था आएको उल्लेख गर्दै अब त्यसको विकल्पको रुपमा रेन वाटर होर्भेटिङको काम अघि बढाउनुपर्ने प्रस्ताव समेत गरे । मेलम्चीको पानी ल्याउने कुराले काठमाडौँवासीको भाग्य र भविष्यमाथि खेलबाड गरियो भन्ने आफूलाई ग्लानी हुने गरेको भन्दै उनले अव त्यसमा भर परेर बस्न नसकिने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ उपत्यकाको विकासका लागि भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए । भूउपयोग नीति प्रभावकारी ढंगले लाग्नु नभई काठमाडौँ उपत्यकाको विकास नहुने उनको जिकिर थियो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले विकासको नाममा जथाभाबी नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भूउपयोग नीति लागू नहुँदा काठमाडौँ उपत्यकाको विकासका काम सही दिशामा अघि बढ्न नसकेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण