सेयरको ‘इन्साइडर ट्रेडिङ’मा संलग्नलाई तीन वर्ष कैदको प्रस्ताव
काठमाडौँ । सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार) मा संलग्नलाई तीन वर्षसम्म कैद सजाय गर्ने प्रस्ताव गरिएको छ ।
अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो ।
यो विधेयकमा ‘इन्साइडर ट्रेडिङ’मा संलग्न भएको पुष्टि भए बिगो बमोजिमको जरिवाना, तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था प्रस्ताव गरिएको छ ।
अहिले ‘इन्साइडर ट्रेडिङ’मा संलग्नलाई बिगो बमोजिमको जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
विधेयकमा कृत्रिम वा झुटो कारोबार गरी सेयरको मूल्य उतारचढाव गराएमा पनि सजायको प्रस्ताव गरिएको छ । यस्तो कार्यमा संलग्नलाई बिगो बमोजिमको जरिबाना, ३ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ । बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिबाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव विधेयकमा गरिएको छ ।
अहिले यस्तो कार्यमा संलग्न हुनेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म जरिबाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण