देशको राजनीति पेचिलो अवस्थामा छ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताए । उनले एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताए । उनले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको बताए । उनले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने बताए ।
उनले भने, ‘देशको राजनीति बडो पेचिलो अवस्थामा छ । सबैभन्दा चिन्ता गर्नुपर्ने कुरा के छ भने हाम्रो राजश्वले चालु खर्च नधान्ने भइसकेको छ । एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुँदो रहेछ । राजश्व चालु खर्च नधान्ने अवस्था छ । अर्कातिर पुँजीगत खर्च जसका नाममा हामीले पुँजीलाई प्रवर्द्धन गर्नुपर्छ । पुँजी निर्माण गर्नुपर्छ । त्यो पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च भनेर हामीले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था छ । यो अवस्थामा हामी सबैले गम्भीर हुनुपर्छ ।’
मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताए । उनले सबै मिलेर विकृतिको अन्त्य गरी असल बाटोमा मुलुकलाई लैजाने प्रतिबद्धता गरे । रचनात्मक र सृजनशील बाटोबाट मुलुक निर्माण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण