संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्नका लागि भए सह्य हुँदैन : सांसद भुसाल

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्नका लागि भए सह्य नहुने बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएका हुन् ।
सांसद भुसालले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने सर्तमा नयाँ गठबन्धन बनाइएको बताए । उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? भन्ने प्रश्न रहेको बताए ।
उनले भने, ‘अनियमितता बढेर गएका छ । बेरुजु बढेर गएको छ । अनियमितता बढेर गएको छ भन्नुको मतलब भ्रष्टाचार बढेर गएको छ । यसलाई नियन्त्रण गर्न सकिएको छैन । यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिओस् । अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन् । संविधान संशोधन गर्ने सर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ । हाम्रो संविधान असंशोधनीय दस्ताबेज होइन । संशोधन हुनसक्छ । तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने रु केका निम्ति संशोधन गर्ने ? के अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो ।’
सांसद भुसालले दुई दलबिचको सहमतिले संविधानका मूलभूत मान्यताहरूमाथि प्रहार गर्न नपाइने बताए । उनले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?