पुनः रिलिज ‘बुलाकी’को कस्तो छ व्यवसाय ?
काठमाडौँ । लक्ष्मण सुनारको निर्देशित फिल्म ‘बुलाकी’ शुक्रबारदेखि रिलिजमा आएको छ । शुक्रबार रिलिज भएको फिल्मले शुक्रबारभन्दा शनिबार राम्रो दर्शक पाएको छ ।
फिल्मका निर्माता तथा कलाकार विराज विष्टले शनिबार काठमाडौँ र मोफसलका हलमा फिल्मले राम्रो दर्शक पाएको बताए । कति व्यवसाय गर्यो भन्ने हिसाब हातमा नपरेकोले भन्न नसकिने उनको भनाई रहेको छ ।
सोमबार देशभर र मंगलबार काठमाडौँमा सार्वजनिक बिदा भएकाले पनि फिल्मले अबको दिनमा झन् राम्रो व्यवसाय गर्न सक्ने अनुमान विष्टले लगाए ।
फिल्ममा सुरक्षा पन्त, विराज बिष्ट र नरेन खड्का मुख्य भूमिकामा छन् । फिल्मको विशेष शोमा पनि यसले फिल्मीकर्मीको राम्रो प्रशंसा बटुलेको थियो । गत वर्षको वैशाख १ गते रिलिज भएको यो फिल्म राम्रो शो नपाएको कारण प्रदर्शन स्थगित गर्दै अहिले आएको हो ।
फिल्मले सुदूरपश्चिममा रहेको जारी प्रथाको कथामा निर्माण भएको फिल्मका शिवराज पौडेल कार्यकारी निर्माता शिव ढकाल छायाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण