हिमताल फुटेपछि बाढीको चपेटामा परेको थामेमा मोवाइल सेवा स्थापित
आइतबार, ०२ भदौ २०८१, २२ : ०५
काठमाडौँ । हिमताल फुटेपछि बाढीको चपेटामा परेको सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ ।
बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बीटीएस टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा सुचारु गरिसकेको हो ।
हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बीटीएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित भैसकेको टेलिकमले आइतबार राति जानकारी गराएको हो ।
यसअघि आइतबार नै सूञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण