‘देवी’को ट्रेलर : समाजलाई झकझक्याउने कथा
काठमाडौँ । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर प्रदर्शनमा आउने लागेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मको प्रचार प्रसारलाई थप बल पुर्याउन निर्माण युनिटले यसको ट्रेलर सार्वजनिक गरेको हो । २ मिनेट ३९ सेकेन्डको ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा झल्काएको छ ।
फिल्म सन्जोग राईले निर्देशन गरेका हुन् । राईको डेब्यु फिल्म हो । पेसाले फोटोग्राफर राईले बच्चादेखिको निर्देशन सपना पुरा गर्न सपना पुरा गर्न फिल्ममा होमिएको बताए ।
निर्देशक राई कै निर्माण रहेको फिल्ममा अभिनेत्री शिल्पा मास्केको पनि निर्माण सहकार्य छ । उनी फिल्ममा सह–निर्माताको रूपमा छिन् । फिल्मको कथा राम्रो लागेकोले निर्माण सहकार्य गरेको उनले केही अगाडि एक कार्यक्रममा बताएकी थिइन् ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो । सार्वजनिक प्रदर्शनका लागि निर्माण युनिटले बाँसुरी फिल्मसँग सहकार्य गरेको छ ।
नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ । सन्जेन थापाले फिल्ममा एक्सन निर्देशन गरेका छन् ।
रेमन गुरुङ, नारायण राई र सन्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्ममा पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।
फिल्म मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण