कजारिया रमेश टायल्सद्वारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन
धनगढी । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेको छ। उक्त शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको बताइएको छ।
स्वस्तिवाचन मार्फत सुरुवात गरिएको औपचारिक कार्यक्रममा गौरीशंकर राठी र महालक्ष्मी देवी राठीले दीप प्रज्वलन गरे । कार्यक्रममा सुरेन्द्र राठीले नयाँ कार्यको सफलताको कामना गर्दै शुभकामना ब्यक्त गरे ।
यो समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, र धनगढी उपमहानगरपालिका वार्ड नं ४ का अध्यक्ष बुद्धि बहादुर खड्का सहित स्थानीयवासी , उद्योग व्यवसायीहरू, र सम्मानित व्यक्तित्वहरूको उपस्थिति थियो ।
धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक डिजाइनका टायल्सहरूको लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। शोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको निर्देशक हिमांशु अग्रवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण