स्तन क्यान्सरको संकेत र लक्षणबारे २० प्रतिशतभन्दा कम महिला मात्रै जानकार
काठमाडौँ । नेपालमा स्तन क्यान्सरको संकेत र लक्षणबारे २० प्रतिशतभन्दा कम महिलालाई मात्रै जानकारी रहेको पाइएको छ ।
राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) अनुसार नेपालमा हाल स्तन क्यान्सरको संकेत र लक्षणबारे २० प्रतिशतभन्दा कम महिलालाई मात्र जानकारी रहेको छ ।
स्तन क्यान्सरको संकेत र लक्षणबारे जानकारी नहुँदा ५० देखि ६५ प्रतिशतलाई स्तन क्यान्सर अन्तिम स्टेज अर्थात् स्टेज ३ वा ४ मा पुगेपछि मात्र निदान भइरहेका रणनीतिमा उल्लेख छ ।
स्तन क्यान्सरका लागि जनसङ्ख्यामा आधारित प्रारम्भिक परीक्षण कार्यक्रम सञ्चालन गर्न अझै पनि नेपालको स्वास्थ्य प्रणाली तयारी अवस्थामा नदेखिएको सो रणनीतिमा उल्लेख छ ।
जनसङ्ख्यामा आधारित परीक्षणका लागि म्यामोग्राफीको प्रयोग सम्भव नभएको र लागत प्रभावकारी पनि नरहेको उल्लेख छ
म्यामोग्राफी आवश्यकता वा माग अनुसारको परीक्षण अन्तर्गत प्रयोग गरिनुपर्छ । अहिलेको अवस्थामा छिटफुट रूपमा मात्र क्लिनिकल स्तन क्यान्सर परीक्षणहरू हुने गरेका छन् र यी सबै स्तन क्यान्सरको प्रारम्भिक पहिचान सेवाग्राहीको व्यक्तिगत पहलमा भएको रणनीतिमा उल्लेख छ ।
विशिष्टिकृत क्यान्सर केन्द्रहरूले समय–समयमा विभिन्न जिल्ला, प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीहरूमा प्रारम्भिक पहिचान तथा क्लिनिकल स्तन क्यान्सर परीक्षण शिविरहरू सञ्चालन गर्छन् । यद्यपि यी अभियानहरूको पहुँच यी विशिष्टिकृत अस्पताल वा केन्द्रहरू नजिक रहेका जिल्लाहरूमा मात्र सीमित रहेको रणनीतिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण