लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन् । अपराह्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
एमाले–कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् । प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।
त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण