ओटिटिमा ‘नाङ्गो गाउँ’ र ‘दान्भी’
मङ्गलबार, ०४ भदौ २०८१, १० : २८
काठमाडौँ । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ र ‘दान्भी’ ओटिटिमा रिलिज भएको छ । फिल्म रक्षा बन्धन र गाईजात्राको अवसर पारेर कान्तिपुर सिनेमाजले आफ्नो ओटिटिमा ल्याएको हो ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘नाङ्गो गाउँ’ दयाह्याङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा र मिरुना मगरको मुख्य भूमिका छ ।
रुपेश तामाङको निर्देशन रहेको ‘दान्वी’मा पूजा शर्मा, कुन्साङ बोम्जन लगायतको अभिनय छ । फिल्म गत असार ७ गतेबाट हलमा प्रदर्शन भएको थियो ।
हाल कान्तिपुर सिनेमाजमा फिचर फिल्म, अवार्ड विनिङ सर्ट फिल्म, वेब सिरिज, प्ले सिरिज र मिनी सिरिज गरी ३० ओटाभन्दा बढी प्रिमियम कन्टेन्ट रिलिज भइरहेका छन् । यसलाई कान्तिपुर फिल्म एकेडेमीले सञ्चालनमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण