लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत
मङ्गलबार, ०४ भदौ २०८१, १५ : १२
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन् ।
प्रदेशको समृद्धिको आकांक्षालाई मूर्तरूप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउँदै उनले सबैले विश्वास मत दिनुपर्ने बताए । उनले सबै दल मिलेर प्रदेशको समृद्ध , आत्मनिर्भर बनाउनु पर्ने बताए । उनले प्रदेशको विकासका लागि सबै दलले आफूलाई विश्वासको मत दिनुपर्ने बताए । उनले विपक्षी दल नेकपा माओवादीसँग पनि विश्वासको मत मागेका छन् ।
आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण