माओवादी बागमती प्रदेश पदाधिकारीको बैठक जारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारबाट सुरु भएको बागमतीको बैठक बिहीबार सम्म चल्ने छ ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि बैठकको तयार स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउनमा बसेको स्थायी कमिटी बैठकले गरेको थियो ।
माओवादीका अनुसार प्रदेश परामर्श बैठकको तालिका निर्धारण गरिएको छ । जसमा बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते तथा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्नेछ । त्यसैगरी गण्डकीको भदौ ९ र १० गते, सुदूरपश्चिम प्रदेशको भदौ १२ र १३ गते तथा कर्णालीको कर्णाली प्रदेशको भदौ १४ र १५ गते बस्नेछ ।
त्यसैगरी लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते बस्नेछ । त्यसैगरी केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते बस्नेछ भने मधेस प्रदेशका भदौ २२ र २३ गते बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण