बहुउद्देश्यीय जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा : विष्णु पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बहुउद्देश्यीय आयोजनाहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
बुधबार जलविद्युत्मा लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ऊर्जा, सिँचाइ, पर्यटन लगायतमा उपयोग हुनेगरी अब जलविद्युत् आयोजना बनाउनुपर्ने जोड दिएका हुन् ।
उनले विगतमा जलविद्युत् आयोजनाहरू बनाउँदा सरकार र निजी क्षेत्र दुवैबाट गल्ती भएको बताए । मन्त्री पौडेलले भने, ‘विगतमा हामीले आयोजना बनाउँदा थुप्रै गल्ती गर्यौँ । अब त्यसो हुँदैन, सरकारले बहुउपयोगी जलविद्युत् आयोजना बनाउने कुरामा प्रतिबद्धता व्यक्त गर्दछ ।’
पौडेलले नेपालको समृद्धिको बलियो साधन जलस्रोत भएको बताए । नदी प्रणालीको सही उपयोग गरेर यसबाट फाइदा लिनुपर्ने पौडेलले बताए । उनले भने, ‘प्रकृतिले सित्तैमा दिएको अथाह सम्पत्ति हामीसँग छ । यसलाई सरकारले चिनेको छ । निजी क्षेत्रसँग मिलेर हामी ऊर्जाको विकासमा तीव्र गतिमा अगाडि बढ्ने छौँ ।’
मन्त्री पौडेलले आयोजना निर्माणसँगै ट्रान्समिसन लाइनको निर्माण सरकारको उत्तिकै प्राथमिकतामा रहेको बताए । ‘ट्रान्समिसन लाइनविना आयोजना बनाउनुको कुनै अर्थ छैन । त्यसकारण पहिले आन्तरिक खपत अनि ठुलो मात्रामा निर्यातको योजनासहित सरकार अगाडि बढेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण