अवकाशमा जान लागेका एसएसपी सहितका प्रहरी अधिकृतहरू सर्वोच्चमा
काठमाडौँ । प्रहरीमा भएको ३० वर्षे सेवा अवधि तत्काल हटाउन माग गर्दै प्रहरी वरिष्ठ उपरीक्षकसहितका अधिकृतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ३० वर्षे सेवा अवधि खारेज गर्नुपर्ने मागसहितको रिट दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन कुमार श्रेष्ठ समेतका वारेस कुमार बस्नेतले रिट दायर गरेका हुन् ।
नेपाल प्रहरीमा जनपद समूह तर्फ र सशस्त्र प्रहरीमा ठुलो संख्याका उच्च अधिकृतहरू अवकाशमा जाँदै छन् । २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेकाहरू भदौ १५ बाट अवकाशमा जान लागेका हुन् । सशस्त्र युद्धमा लडेका उनीहरू ३० वर्षे सेवा अवधि पुरा गरेर संगठनबाट बिदा हुन लागेका हुन् ।
अवकाश हुन लागेका अधिकांश अधिकृतहरू ५० वर्ष हाराहारीका छन् । कम उमेरमा अवकाशमा पठाउन लागिएको भन्दै उनीहरुले ३० वर्षे सेवा अवधि रिट दायर भएको मितिबाटै लागु नहुने आदेश गर्न माग गरेका छन् । सर्वोच्चमा दायर रिटमा भनिएको छ, ‘अनिवार्य अवकाश हुने भनी दिइएका पत्रहरुको निवेदनको अन्तिम टुंगो नलागुन्जेल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरिपाऊँ ।’
अवकाश र सेवा अवधिको गणना गर्ने विषय ऐनमा नै तत्काल व्यवस्था गर्न माग गर्दै उनीहरूले अध्यादेश मार्फत कानुन ल्याउन परमादेशको आदेश जारी गर्नुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण