बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी रद्द
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो ।
कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञाविना यात्रा अनुमति प्राप्त हुन्छ । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् । उनीविरुद्ध बंगलादेशमा कयौँ आपराधिक मुद्दाका उजुरी दर्ता भएका छन् । ती उजुरी न्यायिक सुनुवाइको प्रक्रियामा अघि बढ्दै गर्दा बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई दबाब दिन सक्ने अनुमान गरिएको छ ।
बंगलादेश र भारतबिच प्रत्यर्पण सन्धिमा हस्ताक्षर भएकाले बंगलादेश सरकारले औपचारिक रूपमा हसिनालाई फर्काउन माग गरेमा भारत ठुलो दबाबमा पर्ने देखिन्छ ।
बंगलादेशको मुख्य विपक्षी दल ‘बीएनपी’ले हसिनालाई प्रत्यर्पण गर्न भारतसँग माग गरेको छ । यिनै परिस्थितिलाई ध्यानमा राख्दै बंगलादेशको अन्तरिम सरकारले उनीसहित उनको कार्यकालमा संसदमा प्रतिनिधित्व गरेका कयौँ नेताको कूटनीतिक राहदानी रद्द गर्ने निर्णय गरेको जानकार बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण