कर्जा प्रदान गर्ने नेपालकै पहिलो डिजिटल वालेट बन्यो इसेवा
काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले कर्जा सुविधा उपलब्ध बनाउने भएको छ ।
इसेवा प्रयोगकर्ताहरूले बिना कुनै धितो क्षणभरमै रु. २ लाखसम्मको व्यावसायिक कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कुमारी बैंक लिमिटेड र फोनलोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई ‘इजी लोन’ नाम दिइएको छ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा छिट्टै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरूलाई उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले जानकारी दिए । खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने समेत बताए ।
इसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू पनि प्रदान गर्ने नयाँ आयाम ह्यासट्याग बियोन्डपेमेन्ट्सको पनि सुरुवात गरेको जनाएको छ ।
हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवाले अब प्रयोगकर्ताहरूलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने नेपालको पहिलो डिजिटल वालेट पनि भएको विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण