शिक्षा क्षेत्रमा दल र राजनीति चाहिन्छ भन्ने अभियन्ता प्रधानमन्त्री ओली हुन् : सुमना श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ र शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शैक्षिक संस्थामा राजनीतिक दलको हस्तक्षेप गराउने प्रधानमन्त्रीलाई कार्यक्षमतामाथि प्रश्न किन नउठाउने भन्दै प्रश्न गरिन् ।
उनले बल भन्दा बुद्धि ठूलो भन्ने सानोमा पढाइ हुने भएपनि अहिले त दल ठुलो भन्ने भाष्य निर्माण भइसकेको उल्लेख गरिन् ।
‘शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, शिक्षक प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै हिँड्ने अहिलेका प्रधानमन्त्रीलाई जरोमा पनि उही टुप्पोमा पनि उही भएपछि उहाँको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ?‚’ उनले प्रश्न गरिन् ।
दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशाका कारण एउटा मन्त्रीले सामाजिक सञ्जालमा अर्को मन्त्रीसँग सुरक्षा माग्नुपर्ने अवस्था आइपरेको श्रेष्ठको भनाई छ ।
उनले रास्वपा सधैँ यस्तो प्रवृत्तिको विरोधमा रहने जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण