रुपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
बिहीबार, ०६ भदौ २०८१, १५ : ०७

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु२ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?