कन्सल्टेन्सी नवीकरणका लागि मन्त्रालयले दियो अर्को मौका प्रदान
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई नवीकरणका लागि पुनः आह्वान गरेको छ । यसअघि गत असार १६ गते नवीकरण गर्न आह्वान गरेको थियो ।
उक्त समयभित्रमा ८७५ ले मात्रै नवीकरण गरेका थिए । नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरेको हो । शिक्षा मन्त्रालयबाट एक हजार ४७३ संस्थाले अनुमति लिएका छन् । ति मध्ये ८७५ वटाले मात्रै नवीकरण गरेका हुन् । बाँकी रहेका ५९८ संस्थालाई नवीकरणका लागि आह्वान गरिएको हो ।
नवीकरण गर्न बाँकी रहेका संस्थाहरूलाई भदौ २७ गतेभित्र सानोठिमीस्थित शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा आवेदन दिन भनेको हो ।
उक्त समयभित्र नवीकरण नहुने संस्थाहरूको अनुमति पत्र खारेज गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
यसअघि तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले नवीकरणका लागि आह्वान गरेकी थिइन । २०७३ सालदेखि नवीकरण हुन नसकेका संस्थाहरूलाई नवीकरणका लागि आह्वान गरिएको थियो । जसमा मन्त्रालयमा दर्ता भएकामध्ये ५९८ ले नवीकरण गरेका थिएनन् । मन्त्रालयले उनीहरूलाई एक पटक नवीकरणका लागि मौका दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण