काम थाल्नुअघि नै विवादमा घेरिए स्टारबक्सका नयाँ सीईओ
वाशिङ्टन डीसी । अमेरिकी कफी हाउस चेन स्टारबक्सका नयाँ प्रमुख कार्यकारी अधिकारी (सीईओ) ब्रायन निकोल पद सम्हाल्नुअघि नै विवादमा फसेका छन् । हरेक दिन कार्यालय जान कर्पोरेट प्लेन प्रयोग गर्न कम्पनीले उनलाई दिएको अफर लेटरबाट खुलासा भएदेखि नै मानिसहरूले सीईओहरूको जीवनशैलीमाथि प्रश्न उठाउन थालेका छन् ।
कम्पनीले क्यालिफोर्नियामा रहेको घरबाट निकोललाई कर्पोरेट जेटमा सियाटलस्थित कम्पनीको मुख्यालयसम्म पुर्याउने पत्रमा उल्लेख गरिएको छ । अर्थात् उनी झन्डै १ हजार ६०० किलोमिटर दूरी पार गरेर कार्यालयमा पुग्नेछन् । कार्यालय आउजाउको उनको सारा खर्च कम्पनीले बेहोर्ने पत्रमा भनिएको छ । यो खबर बाहिर आएपछि सामाजिक सञ्जालमा मानिसहरूले निकोलको आलोचना गरिरहेका छन् ।
वातावरणीय मुद्दाहरूमा कम्पनीको सार्वजनिक अडान र यसका शीर्ष अधिकारीहरूको जीवनशैलीमा ठूलो भिन्नता देखिएको मानिसहरूले बताइरहेका छन् । निकोलले सेप्टेम्बर ९ मा विश्वको सबैभन्दा ठूलो कफी शप चेन स्टारबक्सको सीईओको पदभार ग्रहण गर्दैछन् । निकोलले पाएको जब अफरमा उनले हप्तामा कम्तिमा तीन दिन कम्पनीको मुख्यालयबाट काम गर्नु पर्ने भनिएको छ ।
जागिरका लागि निकोलले घर सर्नुको सट्टा कम्पनीलाई नै आफ्नो आउजाउको खर्च बोकाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण