पूर्वविशिष्टलाई दिँदै आएको सेवा–सुविधा फिर्ता लिने लुम्बिनी सरकारको निर्णय
बुटवल । लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् बैठकले पूर्वविशिष्ट व्यक्तिहरूलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
यसअघि २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए ।
आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउनको लागि पूर्वविशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा–सुविधा फिर्ता गर्ने निर्णय गरिएको मन्त्री पन्थीले बताए ।
पूर्वविशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पीएसओको सुविधा लिँदै आएका थिए । यस्तै प्रदेश सरकारले आफ्ना मन्त्रीहरूलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कर्मचारी संगठन ओएनएम पास गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण