साफ यु–२० : ‘सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्द्वी भए पनि तयार छौँ’
काठमाडौँ । बंगलादेशसँगको जितपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा जुन सुकै टोली आएपनि चुनौती सामना गर्न तयार रहेको बताएका छन् ।
समूहको अन्तिम खेलमा बंगलादेशमाथि २–१ को जित निकाल्दै नेपाल समूह विजेता बन्यो । तर सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भने टुङ्गो लागेको छैन । भारत र माल्दिभ्सबिच शुक्रबारको खेलपछि मात्र नेपालको प्रतिद्वन्द्वी टुङ्गो लाग्नेछ । जितपछि नेपालका प्रशिक्षक श्रेष्ठले सबै टोली बलिया नै रहेकाले सेमिफाइनलमा जो कोही आएपनि चुनौती सामना गर्न नेपाल तयार रहेको प्रतिक्रिया दिए । उनले आजको खेलमा जित्नैपर्ने दबाबमा रहेको र सुरुवातमा अग्रता लिने योजना पनि सफल भएको उल्लेख गरे ।
तर आफूहरूले दुई गोल गरेपछि भने बंगलादेशले रणनीति परिवर्तन गर्दै चुनौती दिएको उनको भनाइ छ । दोस्रो हाफमा नेपालले पनि मिडफिल्डमा होल्ड गर्दै उनीहरूको योजनालाई सफल हुन नदिएको उनले उल्लेख गरे । प्रशिक्षक श्रेष्ठले बंगलादेशी डिफेन्डर शारीरिक रूपमा उचाइ भएकाले केही चुनौती भएको पनि बताए ।
उनले सेमिफाइनलमा भारत, माल्दिभ्स या भुटान जुनसुकै प्रतिद्वन्द्वी भएपनि चुनौती सामना गर्न तयार रहेको बताए ।
नेपालका कप्तान कुशल देउवाले पनि सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्द्वीलाई हराउने आफ्नो टोली सक्षम रहेको धारणा राखे । उनले अहिले खेलाडीको मनोबल उच्च रहेको पनि उल्लेख गरे । यो नतिजाले खुसी रहेको र अब आगामी खेलमा ध्यान दिने कप्तान देउवाले बताए । साथै कप्तान देउवाले आगामी खेलमा राम्रो नजिता ल्याएर फाइनल जित्ने लक्ष्य रहेको विश्वास व्यक्त गरे ।
बंगलादेशका प्रशिक्षक मरुफुल हकले आफ्ना खेलाडीले सुरुआतमा राम्रोसँग ध्यान नदिँदा समूह विजेता बन्न नसकेको बताए । साथै उनले यदि उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा आएको हो भने सेमिफाइनलमा जुनसुकै टोली भएपनि केही फरक नपर्ने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण