ऐतिहासिक लर्डस मैदानमा पहिलो पटक महिला टेस्ट क्रिकेट !

काठमाडौँ । इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले लन्डनस्थित ऐतिहासिक लर्डस क्रिकेट मैदानमा पहिलो पटक महिला क्रिकेट आयोजना गर्ने भएको छ । उक्त मैदानमा सन् २०२६ मा इङ्गल्यान्ड र भारतको महिला टोलीबिच पहिलो टेस्ट क्रिकेट खेलिने छ ।
सन् १९३६ मा महिला क्रिकेटको सुरुआत भएयता लर्डस मैदानले हालसम्म महिला टेस्ट आयोजना गरेको छैन । इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले जारी गरेको पछिल्लो कार्यक्रममा लर्डसमा महिला टेस्ट खेलाउने उल्लेख छ ।
‘इङ्गल्यान्ड र भारतको महिला टोलीबिच सन् २०२६ मा लर्डस क्रिकेट मैदानमा टेस्ट खेलाउने तालिका सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको छ,’ ईसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इङ्गल्यान्डको महिला टोलीले भने लर्डसमा विगत तीन वर्षदेखि छोटो ढाँचाको प्रतियोगिता खेल्दै आएको छ ।
लर्डसको मैदानमा खेलिएको छोटो ढाँचाको (एकदिवसीय र टी–२० क्रिकेट) हेर्न २२ हजारको हाराहारीमा दर्शक उपस्थित भएको इतिहास छ । ‘मैले आफ्नो सक्रिय खेलजीवनमा इङ्ल्यान्डका लागि १५ वटा टेस्ट खेलेकी छु तर, लर्डसको मैदानमा भने एउटा पनि टेस्ट खेल्ने अवसर पाएकी थिइन,’ इङ्गल्यान्डकी चर्चित महिला क्रिकेटर क्लेयर टेलरले भनेकी छन् ।
उनी हाल एमसीसी क्रिकेट कमिटीकी अध्यक्षको भूमिकामा छिन् । ‘महिला खेलाडीले लर्डस मैदानमा टेस्ट क्रिकेट खेल्ने समाचार सार्वजनिक भएपछि म निकै उत्साही छु । हामीले निकै अघिदेखि यो प्रयास थालेका थियौँ तर, अहिले आएर सम्भव भएको छ,’ उनले भनिन् ।
ईसीबीले आफ्नो यो निर्णयबाट महिला क्रिकेटमा युवा खेलाडीको आकर्षण बढ्ने विश्वास लिएको छ । ईसीबीको पछिल्लो तालिकाका अनुसार, सन् २०२५ मा इङ्गल्यान्डको महिला टोलीले घरेलु मैदानमा एउटा पनि टेस्ट खेल्ने कार्यक्रम छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
-
‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’