केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो । मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।
मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ । ‘बिहीबार राति करिब १ः२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको थियो ।’ जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने ।
सूचना पाएलगत्तै राहत र उद्धार कार्यका लागि उद्धार टोली घटनास्थलमा पठाइएको थियो । डोलियादेवी सडक अवरुद्ध हुँदा एसडीआरएफ टोली करिब दुई किलोमिटर पैदल हिँडेर घटनास्थलमा पुगेको राजवारले भनेका छन् ।
मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेशिन पुर्याउन नसकिने स्थिति थियो । यस्तोमा एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकाले । शवलाई रुद्रप्रयाग लगिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार
-
नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल
-
‘शिवांश : च्याप्टर–१’को छायाङ्कन सुरु
-
विकास साझेदारसँग आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा छलफल
-
समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै
-
‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’