पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षबाट श्रेष्ठले दिए राजीनामा
काठमाडौँ । पञ्चकन्या ग्रुप अन्तर्गतको पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षबाट प्रेमबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्य प्रतिकूलतालाई कारण देखाउँदै श्रेष्ठले २०८१ साउन १० गते सञ्चालक समिति समक्ष राजीनामा पेस गरेका थिए ।
सोही श्रेष्ठको राजीनामाको सन्दर्भमा निर्णय गर्न भदौ ५ गते बसेको हाइड्रोपावरको सञ्चालक समितिले राजीनामा स्वीकृति गरेको हो । योसँगै सोही बैठकले ललितपुर महानगरपालिका वडा नं. १८ का ध्रुव कुमार श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको छ । समितिबाट राजीनामा दिएर बाहिरिएका प्रेमबहादुर श्रेष्ठ र नवनियुक्त अध्यक्ष ध्रुवकुमार श्रेष्ठ दुबै जना स्वतन्त्र सञ्चालकबाट आएका हुन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग र लक्ष्मी सनराईज क्यापिटललाई बोधार्थ जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण