भारत भ्रमणबारे आरजुको ब्रिफिङ : दुई ठुला पार्टी मिल्दा भारतको सकारात्मक प्रतिक्रिया पाएँ
काठमाडौँ । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् ।
उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् । उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।
‘आउने कुरा भएको छ । तर डेटचाहिँ तोकिएको छैन’, उनले भनिन् । दुई ओटा ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक प्रतिक्रिया पाएको उनले बताइन् ।
‘दुई ठुल ठुला पार्टी मिलेर बनेको सरकारप्रति कस्तो रिस्पोन्स रहन्छ भन्ने थियो । भेटका क्रममा निकै राम्रो रिस्पोन्स रहेको पाएँ । विकासमा सहयोग गर्छु भन्नु भएको छ’, उनले बैठकलाई ब्रिफिङ गर्दै भनिन् । यस्तै भारतीय पक्षसँग टीआरसीका लागि सहयोग मागेको पनि जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण