फिल्म ‘लाज शरणम’मा भित्रिए कक्रोज
शुक्रबार, ०७ भदौ २०८१, १४ : २५
काठमाडौँ । टेलिश्रृंखला ‘सक्किगोनि’का टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम’मा कलाकार हरिष निरौला (कक्रोज) भित्रिएका छन् । निर्माण टिमले फिल्मको मुख्य भूमिकामा निरौलालाई भित्र्याएको हो ।
केही अगाडि एक कार्यक्रम सहित निर्माण घोषणा भएको फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल रहेका छन् । फिल्ममा सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहनछ ।
अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगीको समेत अभिनय रहने फिल्म भदौ तेस्रो साताबाट फ्लोरमा जानेछ । फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका रिलिज हुने बताइएको फिल्म जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण