मुग्लिन–नारायणगढ सडकमा बस दुर्घटना, २५ जना घाइते
शुक्रबार, ०७ भदौ २०८१, १६ : ०३
काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डस्थित भरतपुर महानगरपालिकाको १७ किलोमा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर २५ जना घाइते भएका चितवनका एसपी भावेश रिमालले रातोपाटीलाई बताए ।
भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा माथिबाट ढुंगा खसेपछि चालक आत्तिएर अनियन्त्रित हुँदा ग२ख ४७ नम्बरको बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
बस रौतहटको गौरबाट पोखरा जाँदै थियो । घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण