ईस्कोन गण्डकीले श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ मनाउँदै
बागलुङ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन नेपाल) गण्डकी शाखाले सोमबारका दिन भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा मालढुङ्गा, खुदुर्के श्रीकृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त अवसरमा इस्कोन बागलुङको मूल समारोह दिउँसो ४ बजे हुनेछ ।
त्यस्तै रातिको १२ बाजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दीपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने साथै उक्त ठाउँमा आवतजावतको निम्ति दिउँसो २ बजेदेखि जीपपार्कबाट निःशुल्क बास सेवा सञ्चालन गर्ने कार्यक्रम संयोजक भगवत सेवा दासले बताए।
श्रीकृष्ण जन्माष्टमी जस्ता पर्वहरू मनाउनु धर्म संस्कार तथा संस्कृतिको रक्षा गर्नु मात्र नभएर समग्र देश विकासको महत्त्वपूर्ण कोशेढुङ्गा पनि हो भन्ने भावना राखेर यस धार्मिक उत्सव आयोजना गर्न लागेको ईस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरीधारी दासले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण