ईस्कोन गण्डकीले श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ मनाउँदै

बागलुङ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन नेपाल) गण्डकी शाखाले सोमबारका दिन भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा मालढुङ्गा, खुदुर्के श्रीकृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त अवसरमा इस्कोन बागलुङको मूल समारोह दिउँसो ४ बजे हुनेछ ।
त्यस्तै रातिको १२ बाजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दीपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने साथै उक्त ठाउँमा आवतजावतको निम्ति दिउँसो २ बजेदेखि जीपपार्कबाट निःशुल्क बास सेवा सञ्चालन गर्ने कार्यक्रम संयोजक भगवत सेवा दासले बताए।
श्रीकृष्ण जन्माष्टमी जस्ता पर्वहरू मनाउनु धर्म संस्कार तथा संस्कृतिको रक्षा गर्नु मात्र नभएर समग्र देश विकासको महत्त्वपूर्ण कोशेढुङ्गा पनि हो भन्ने भावना राखेर यस धार्मिक उत्सव आयोजना गर्न लागेको ईस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरीधारी दासले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै