ममाथि मानव तस्करको झुटो आरोप लगाइयो : उपसभामुख राना
काठमाडौँ। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सामाजिक क्षेत्रमा काम गर्दा कहिलेकाहीँ अपजस आउन सक्ने खतरा रहेको बताएकी छन् । जेलमा रहेका बाबुआमाका सन्तानलाई वैधानिक रूपमा र प्रक्रिया पुर्याएर आफूले संरक्षण र शिक्षा दीक्षा दिँदा मानव तस्करको झुटो आरोप लगाइएकोमा उनले दुःख व्यक्त गरेकी हुन् ।
लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ डिस्ट्रिक्ट ३२५ जी अन्तर्गत ११ वटा लायन्स क्लब र लियो क्लबहरूको शनिबार काठमाडौँमा भएको संयुक्त पदस्थापन तथा शपथग्रहण कार्यक्रममा बोल्दै उपसभामुख रानाले भनिन्, ‘जुन बालबालिका बेचिएको भनिएका छन्, उनीहरू नेपालका राम्रा कलेजमा उच्च शिक्षा लिइरहेको अवस्थामा भेटिएका छन्, यो नै आरोप लगाउनका लागि झापड हो ।’
उनले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको पनि बताइन् । ‘बालसंरक्षण कानुन स्पष्ट छैन, सबै बालबालिका समेट्ने कानुन जरुरी छ,’ उनले भनिन् ।
दृष्टिविहीन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्ने गरी एकीकृत कानुन बनाउनुपर्ने उनको भनाइ थियो । यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराइन् ।
उनले बालबालिकाका लागि सबैभन्दा प्यारो आफ्ना बाबुआमाको माया र ममता आवश्यक भएको बताइन् । आफ्ना बाबु आमाको मायाले नै बालबालिकाले व्यक्तित्व विकास गर्न सक्ने र गलत बाटोमा जानबाट रोक्न सकिन्छ उनको भनाई थियो ।
लायन्स क्लबहरूको सामाजिक सेवा भावले आफू जहिल्यै प्रभावित भएको बताउँदै सामाजिक सेवा जस्तो ठुलो धर्म र पुण्यको काम अरू हुनै नसक्ने उनले बताइन् । सबै सामाजिक संस्थाहरूले आफ्नो संस्थागत कामहरू पारदर्शी र सेवा भावका रूपमा काम गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण