देशभर ६७ जनामा हैजाको संक्रमण, ४ जना अस्पताल भर्ना
शनिबार, ०८ भदौ २०८१, १८ : ४४

काठमाडौँ । देशभर ६७ जनामा हैजा सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये ६३ जना निको भइसकेका भने ४ जना अस्पतालमा उपचाररत छन् । संक्रमितमध्ये ललितपुरका मात्र ४७ जना रहेका छन् ।
यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ९ जना, प्युठान २ जना र मकवानपुर १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसिया कामदार पठाउन मेनपावर व्यवसायीबिच सिन्डिकेटको प्रयास
-
ट्रम्प सामु कार्नीले हाकाहाकी भने ‘क्यानडा बिकाऊ छैन’
-
विद्यालय शिक्षा विधेयकप्रति आशङ्का जनाउँदै शिक्षक महासङ्घले दियो आन्दोलनको चेतावनी
-
रिलायन्स स्पिनिङ मिल्सले ९ महिनामा कमायो ३२ करोड ४२ लाख नाफा, ईपीएस २५ रुपैयाँ
-
अमेरिकाले यमनमा बमबारी बन्द गर्ने
-
‘सुम्निमा’मा उपासनाको इन्ट्री