स्वस्थ प्रतिस्पर्धासहित इन्जिनियर एसोसिएसनमा आफ्ना उम्मेदवारलाई जिताउन लाग्नुहोस् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) को उम्मेदवारलाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।
एसोसिएसनको ३४औँ केन्द्रीय कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहको ‘बृहद् इन्जिनियर भेला’लाई आज यहाँ सम्बोधन गदैँ उनले एकताबद्ध भएर सिडेनका उम्मेदवारलाई जिताउन लाग्न आग्रह गरेका हुन् ।
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कुनै पनि निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै सभापति देउवाले नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा पनि स्वस्थ प्रतिस्पर्धासहित जित हासिल हुने गरी तयारी गर्नसमेत निर्देशन दिए ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकको विकास निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गरे । उनले मुलुकमा विकास निर्माणको कामले प्राथमिकता पाएकाले त्यसको प्रभावकारिताका लागि इन्जिनियरको भूमिका महत्त्वपूर्ण हुने बताए । पार्टी नेता सिंहले राजनीतिक स्थिरतासँगै अब मुलुकको विकास, निर्माणको काममा तीव्रता दिन इन्जिनियरलाई सहयोगका लागि आग्रह गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठुला जलविद्युत् आयोजनाको कामले गति लिन थालेको बताए । “पञ्चेश्वर, बूढी गण्डकी, अपर अरुण जस्ता ठूलाठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेका छन्,” उनले भने, “यसका साथै सरकारले अधुरा आयोजनाको कामलाई सम्पन्न गर्ने गरी अघि बढाएको छ ।”
सरकार स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाको कामलाई समयमै सम्पन्न गर्न कटिबद्ध भएर लागेको भन्दै मन्त्री खड्काले यसमा इञ्जिनियरहको भूमिका महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा सिडेनका अध्यक्ष इन्जिनियर लक्ष्मण केसी, निर्वाचन परिचालन समितिका संयोजक डा.जगदीशचन्द्र पोखरेल, एसोसिएसन अध्यक्ष पदका उम्मेदवार इन्जिनियर सुवासचन्द्र बराललगायतले इन्जिनियरबिना देशको विकास सम्भव नभएको बताए ।
उनीहरूले विदेश पलायन हुन लागेका इन्जिनियरलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए । सरकारी क्षेत्रमा प्राविधिक सचिवको कोटा काटिँदा इन्जिनियरहरू मारमा परेको वक्ताहरूको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण