वार्षिक १०० कामदार नपठाउने मेनपावरको अनुगमनपछि मात्रै नवीकरण गरिने
काठमाडौँ । वैदेशिक रोजगार विभागले १०० भन्दा कम कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था (मेनपावर) लाई नवीकरणका लागि आह्वान गरेको छ । विभागले नवीकरण दस्तुर बुझाई नवीकरणका लागि आवेदन पेस गर्न भनेको हो ।
त्यस्ता मेनपावर व्यवसायीहरूको विभागले अनुगमन गरेर मात्रै नवीकरण गर्ने जनाएको छ । यसअघि आवेदन गरिसकेकाको हकमा पुनः आवेदन पेस गर्नु नपर्ने समेत जनाएको छ ।
लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदारलाई वैदेशिक रोजगारीमा नपठाउने मेनपावर संस्थाको नवीकरण नगर्ने कानुनी व्यवस्था छ । तर, विगत चार वर्षदेखि मन्त्रिपरिषदबाट निर्णय गरेर बाधा अड्काउ फुकाउमार्फत मेनपावर व्यवसायीको नवीकरण गर्दै गरिँदै आएको छ ।
२०८१ साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउमार्फत नवीकरण गर्ने निर्णय गरेको थियो । नवीकरण गर्नुअघि ती संस्थाहरूको अनुगमन गरिने निर्णय गरेको थियो । सोही आधारमा विभागले नवीकरणका लागि आवेदन माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण