त्रिवि समाजशास्त्र विभागको प्रमुखमा पासाङ शेर्पा नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको विभागीय प्रमुखमा सह–प्राध्यापक डाक्टर पासाङ शेर्पा नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषद्को आइतबार बसेको बैठकले शेर्पालाई आगामी चार वर्षका लागि विभागीय प्रमुखमा नियुक्त गरेको त्रिविका रेक्टर प्राडा खड्क केसीले जानकारी दिए ।
निकै चर्चामा रहेको विभागको विभागीय प्रमुख अन्ततः शेर्पाले हात पारेका हुन् । यसअघि मानविकी तथा सामाजिकशास्त्र सङ्कायले पहिलो नम्बरमा टिकाराम गौतमलाई राखेर सिफारिस गरेको थियो । गौतमलाई पहिलो नम्बरमा राखेर प्रमुख नियुक्तिका लागि सिफारिस भएपछि निकै विवादमा तानिएको थियो । गौतमलाई विभागीय प्रमुख बनाउन विद्यार्थी नेताहरूबाट सुरक्षा थ्रेट आएको भन्दै सुरक्षा व्यवस्था माग गरेका थिए ।
विभागीय प्रमुख डा. युवराज लुईंटेलको चार वर्षे कार्यकाल साउन ३२ गते सकिएको थियो । कार्यकाल सकिनुअघि उनले विभागीय प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । जसमा पहिलो वरीयतामा पासाङ शेर्पा, दोस्रोमा टीका गौतम र तेस्रोमा मनहरी ढकाल थिए ।
तर, मानविकी तथा सामाजिक शास्त्र सङ्कायकी डीन प्राडा कुसुम शाक्यले दोस्रो वरीयतामा रहेका गौतमलाई पहिलो नम्बरमा सिफारिस गरेकी थिइन् । कांग्रेस निकट सह–प्राध्यापक गौतमलाई कांग्रेस निकटकै प्राध्यापक संघबाट डीन बनेकी शाक्यले प्रमुखका लागि सिफारिस गरेकी थिइन् ।
त्यस्तै भाषा विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुखमा डा. करुणाखर खतिवडा नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण