भलिबल कभर्डहल निर्माणका लागि उप–समिति गठन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल कभर्डहल निर्माणस्थल छनोट तथा तयारीका लागि तीन सदस्यि उप–समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधायुक्त भलिबल कभर्डहल निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिवल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा उप–समिति गठन गरिएको हो ।
राखेपका सदस्यसचिव स्तरीय निर्णयबाट गठन भएको उप–समितिलाई विभिन्न सरकारी निकाय तथा स्थानिय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनोट गरि प्राप्किा लागि प्रारंभिक चरणको कार्य गर्नुपर्ने जिम्मेवारी दिइएको छ ।
यसैगरी, जग्गा एकिन भएपछि २०८१ साल असोज महिनाभित्र डीपीआरको लागि आधार तयार गर्ने कार्यादेश पनि उप–समितिलाई दिइएको छ । उप–समितिले कार्यादेश अनुसारको काम सम्पन्न गरि ३० दिनभित्र राखेपमा प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकाले सुविधायुक्त कभर्डहल निर्माण आवश्यक भएको राखेपले जनाएको छ । राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै लैजाने उद्देश्यले कभर्डहल निर्माणका लागि पहल थालिएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।
उप–समितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्यका रुपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण