महिला द्वन्द्व निर्देशक दाहालसहित आधा दर्जन महिला सम्मानित
काठमाडौँ । महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी लगायत फिल्म, गीतसङ्गीत, सौन्दर्यलगायत विभिन्न क्षेत्रका करिब आधा दर्जन महिला एकसाथ सम्मानित भएका छन् ।
राजधानीमा आयोजित तेस्रो मिलाप तीज उत्सव कार्यक्रममा ‘यमकुमारी कला सम्मान २०८१’ सबैलाई एकसाथ सम्मान गरिएको हो ।
सम्मानित हुनेमा दाहाल, भण्डारीका अलवा, रंगपत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायिका सुमी पराजुली, सरिता थापामगर (तोककुमारी मगर) र ट्याटु आर्टिष्ट सुनिता कुँवर रहेका थिए ।
‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा वरिष्ठ गायिका देविका वन्दना मुख्य अतिथिको रूपमा सहभागी थिइन् ।
कार्यक्रममा गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’का सर्जक स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो । गायिका सारिका घिमिरे, संगीतकार योगेश काजी शाह, कलाकार रिमोना लोहार, मिक्सिङ÷माष्टरिङ मनोज परियार, निर्देशक/कलाकार प्रदीप रसाइली, कलाकार मुना भुर्तेललगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा बरिष्ठ गायिका वन्दनाले तिजको महत्वको विषयमा चर्चा गरेकी िथिइन् । सञ्चारकर्मी कमला जोशी र वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले तीजलाई भड्किलोभन्दा पनि सभ्य रूपमा मनाउनुपर्ने धारणा राखेका थिए ।
विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै आएको छ । कार्यक्रममा नायिका सानिया खान, गायिका मञ्जु लावती, कलाकार शरिताराज उपाध्याय, निर्माता रोशनी केसी, गायिका रानु निरौला, कलाकार गीता थापा, नम्रता खरेललगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण