भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि दबाब दिनुहोस् : अर्थमन्त्री
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित नाडा अटो शोलाई सम्बोधन गर्दै मन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरूलाई आग्रह गरेका हुन् ।
उनले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए । पौडेलले देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताए ।
उनले भने, ‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुँदो रहेछ । काम गर्ने की भाषण गर्ने ? म यहाँहरूसँग के राख्न चाहन्छु भने मन्त्रीज्यूहरूलाई भाषण होइन काम गर भनेर यहाँहरू सबैले प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर कस्तो हुन्छ भने निजी क्षेत्रका संगठनहरु छन्, यहाँहरू महत्त्वकासाथ बोलाउनु हुन्छ, नआऊँ, यथोचित मर्यादा, आदर भएन भन्ने लाग्छ, आउँ समय भाषण सुन्न र गर्नमै व्यतीत हुन्छ । त्यसैले विशेष गरी छाता संगठनका साथीहरू हुनुहुन्छ, अर्थमन्त्रीले सुन्नै पर्ने, बुझ्नै पर्ने, गर्नै पर्ने कामका लागि सुझाव दिन अरू कुनै समयमा हार्दिक स्वागत गर्नेछु । अरू समयमा यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भन्ने सहजीकरण गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।’
उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने पनि बताए । नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताए । अर्थतन्त्रका सबै सूत्रहरूमा यथेष्ट अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण